
३१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले फराकिलो मत अग्रता लिएका छन् ।
पछिल्लो मत परिणामअनुसार १४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका छन् ।
पाण्डे सत्ता गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका हुन् । पाण्डेलाई पछ्याईरहेका राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् ।
एमाले भने तेस्रो स्थानमा छ । एमालेका उम्मेदवार बाबुराम भट्टराईको २३९ मत आएको छ । बुटवल महानगरमा यसअघि एमालेले जितेको थियो ।
राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । उपप्रमुखमा पाण्डेले अग्रता कायम गरेकी हुन् ।
उनलाई पछ्याएकी एमालेकी सावित्रा अर्यालको २९४ मत छ । गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार बनेका चिनबहादुर गुरुङले २४३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4