
फाइल तस्वीर
३१ वैशाख, धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । २०० मत गणना हुँदा राप्रपाले सुरुवाती अग्रता लिएको हो ।
राप्रपाका गोम्बा घलेले ९७ र नेकपा माओवादी केन्द्रका रामसिंह तामाङले ७७ मत ल्याएका छन् । नेकपा एमालेका बिच्चबहादुर तामाङले ३ र जसपाका खो थापा तामाङले ४ मत पाएका छन् ।
उपाध्यक्षमा पनि राप्रपाकै धनकुमारी तामाङ अगाडि छिन् । उनले ९० मत पाएकी छन् । नेपाली कांग्रेसकी फेलामा तामाङले ८४ र एमालेका रुस माया तामाङले ३० मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4