+
+

टोखा नगरपालिकामा एमालेको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १७:४१

३१ वैशाख, काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ ।

उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ मत प्राप्त गरेकी छन् । कांग्रेसका उपमेयर उम्मेदवार मुरारी तामाङले ३५४ मत ल्याए ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार शेखर श्रेष्ठले १४५ र उपमेयरका उम्मेदवार यमुना पुडासैनीले २०७ मत प्राप्त गरेका छन् । टोखामा राप्रपाका उम्मेदवारले मेयर र उपमेयरले क्रमशः ८२ र ८० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?