
निर्वाचित भएपछि विजयी जुलुसमा माओवादी नेता–कार्यकर्ताहरु । तस्वीर : सर्जना कार्की
३१ वैशाख, रुकुमपूर्व । पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका बिरमान कामीको प्यानल नै निर्वाचित भएको हो ।
उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई ७४ मत अन्तरले पछि पार्दै विजयी भए ।
एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।
यसैगरी महिला सदस्य मल्ति पुन ४०८, दलित महिला सदस्य लक्षिण नेपालीले ४०४, खुला सदस्य धन पुनले ३८४ र विक्रम पुनले ४०६ मत ल्याएर विजयी भएका छन् ।
१ नम्बर वडामा ६६६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4