
कृष्णहरि महर्जन
३१ वैशाख, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ हजार ८७२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले १ हजार ६३८ मतका साथ अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले १ हजार ३५१ मत प्राप्त गरेको नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले १ हजार ५५७ र नेकपा एमालेकी उम्मेदवार भवानी डोटेलले १ हजार ३६२ मत प्राप्त गरेकी छन् ।
कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4