
१ जेठ, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका योगेन्द्र सिंह निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार दिलबहादुर नेपालीलाई १० मतले पराजित गरेका छन् । निर्वाचित सिंहले ५२६ मत प्राप्त गरे भने नेपालीले ५१६ मत ल्याए ।
वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा भने नेकपा एमालेले जितेको छ ।
वडा नम्बर ८ बाट गाउँपालिका अध्यक्षका उम्मेदवार गठबन्धनका महेन्द्र शाहले ९७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका वीरबहादुर गिरीले ७२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनका नरबहादुर गिरी (निशान) ले ७६६ मत प्राप्त गरे भने नेकपा एमालेका गिता सिंहले ७९८ मत प्राप्त गरेकी छन् ।
बारेकोटमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरेका थिए भने एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4