+
+

पोखराको मेयरमा धनराज, उपमेयरमा कोपिलालाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:१७

१ जेठ, पोखरा । पोखरा महानगरपालिकामा आइतबार विहानसम्म १६०० मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।

उनले ६१३ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५८३ मत पाएका छन् । त्यस्तै राप्रपाका शंकरप्रसाद खरालले ९८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ३६ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ५८३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ७१६ र राप्रपाकी रञ्जिता सेनले ८२ मत पाएकी छन् ।

पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?