
१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेसका उम्मेदवार रामकृष्ण खाँणले एमालेका मोहन चापागाईंलाई पछि पारेका हुन् । खाँणले १०४२ र चापागाईंले १००७ मत प्राप्त गरेका छन् ।
२०७४ सालमा एमालेका उम्मेदवारसँग खाँण पराजित भएका थिए । खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । उनी कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
उपमेयरमा भने एमालेकी जागेश्वरीदेवी चौधरी दोब्बर मतान्तरले अगाडि छन् । चौधरीले ९३० मत पाउंदा माओवादी केन्द्रका हेमन्त पाण्डेले ५१६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4