
१ खोटाङ, जेठ । निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।
आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।
कार्की ३४ वर्षदेखि एमालेको राजीनीतिमा क्रियाशील छन् । सो वडाको वडाध्यक्षमा कांग्रेसका बद्री कट्वाल निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4