
१ जेठ, बुटवल । बुटवल उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् ।
शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए ।
नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका हुन् । बुटवलमा मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि वडा तहमा एक्लाएक्लै चुनाव लडेका छन् । यसअघि बुटवलको वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ को मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4