
अनोज चौधरी
१ जेठ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरीले अग्रता लिएका छन् ।
२६३२ मतगणना हुँदा चौधरी ९४३ मतका साथ अग्र स्थानमा छन् । चौधरीले नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई ४४ मतले पछि पारेका छन् । महतोले ८९९ मत प्राप्त गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा)का बिकाउप्रसाद थारु भण्डारीले ५५७ ल्याएका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी उषादेवी थरुनी ९३५ मतका साथ अग्र स्थानमा छिन् । उपाध्यक्षमा कांग्रेसकी रेखा चौधरीले ९२२ मत ल्याउँदा जसपाकी विन्दुदेवी थरुनीले ५८९ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4