
१ जेठ, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जसपाका मोहम्मद रजा राई निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै राई वडा अध्यक्षमा प्यानलसहित निर्वाचित भएका छन् ।
राईले १ हजार १ सय ७४ मत र काँदुले ८ सय ४० मत प्राप्त गरेका छन् ।
यो वडामा ४०४२ मत मध्ये ३२४२ मत खसेको थियो । वडा नं १ मा १ सय २० मत बदर भएको छ ।
यस्तै बाँकेको नेपालगञ्ज २२ को वडाअध्यक्ष पदमा जसपाकै अबदुल गफ्फार हलवाई विजयी हुनुभएको छ ।
उनले निवर्तमान अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका विद्यालराम बर्मालाई पराजित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4