+
+

अरुणादेवी बनिन् गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:०३

१ जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन ।

अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् ।

यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।

२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?