
१ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण मतपेटिका संकलनमा ढिलाइ भएकाले गणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत नानीबाबु पोखरेलले बताए ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसके पनि आवश्यक प्रक्रिया बाँकी रहेको उनले जानकारी दिए ।
‘केही प्रक्रिया बाँकी छ, त्यो पूरा गरेर सर्वदलीय बैठक बस्छौं, अनि गणना शुरु गर्छौं,’ उनले भने । आजबाटै गणना शुरु हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4