
१ जेठ, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार पुष्प वादीले १ हजार ८५० मत प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका मेयर उम्मेदवार प्रेमबहादुर ओलीले १ हजार ६५५ मत प्राप्त गरेका छन् । प्रमुख पदमा जनता समाजवादीका प्रशाराम खत्रीले १ मत पाएका छन् ।
त्यस्तै उपमेयर पदमा पनि नेकपा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम)ले १ हजार ८९६ मत प्राप्त गरेकी छन् । उपमेयरमा नेकपा एमालेका टंकप्रसाद ओलीले १ हजार ४३४ मत प्राप्त गरेका छन् ।
सुरुमा नेपाली कांग्रेसले अग्रता लिएको चौरजहारी नगरपालिकामा अहिले माओवादी केन्द्रका मेयर र उपमेयर दुवै उम्मेदवार अगाडि छन् । चौरजहारीमा माओवादी एक्लै प्रतिस्पर्धा गरेको थियो भने कांग्रेस र एमालेले तालमेल गरेका थिए ।
बाँफिकोट गाउँपालिकामा भने कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका जनकुमार बाठाले १ हजार ३७८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका चन्द्रबहादुर केसीले १ हजार २१८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी नन्दाकुमारी केसीको १ हजार ३६३ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रको उपाध्यक्षका उम्मेदवारले १ हजार २३५ मत पाएकी छन् ।
प्रतिक्रिया 4