
१ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी विजयी भएका छन् । वडामा खसेको कुल ४ हजार २८६ मध्ये एक हजार १८३ मत ल्याएर मुडभरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स्वतन्त्र उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन् ।
मुडभरी २०७४ को निर्वाचनमा पनि धनगढी उपमहानगरपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4