
१ जेठ, चितवन । चितवनका ९८ वडामध्ये हालसम्म १३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ वडाध्यक्ष जितेका छन् भने नेकपा माओवादी केन्द्रले ३ र राप्रपाले २ वडाध्यक्ष जितेका छन् ।
भरतपुर महानगरपालिका-१ मा कांग्रेसका केशव महर्जन १ हजार ३९३ मतसहित विजयी भएका छन् । कालिका नगरपालिका-१० मा नरजंग प्रजा र वडा नम्बर १ मा सन्तवीर स्याङ्तान निर्वाचित भएका छन् । यसैगरी खैरहनी नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका नवराज भुसाल विजयी भएका छन् ।
एमालेका हालसम्म ४ जना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामना गाउँपालिका-२ मा पञ्चबहादुर प्रजा, कालिका नगरपालिका-११ मा कृष्णबहादुर प्रजा, राप्ती नगरपालिका-६ मा जल्लु महतो थारु, राप्ती नगरपालिका-४ मा केदार आचार्य निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट इच्छाकामना गाउँपालिका-१ मा सन्तबहादुर राना, माडी नगरपालिका-२ दण्डपाणि पौडेल, माडी नगरपालिका-९ मा घनश्याम दवाडी निर्वाचित भएका छन् ।
उस्तै राप्रपाका माडी नगरपालिका-१ मा अमित लामा र वडा नम्बर ८ को वडाध्यक्षमा वीरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4