
१ जेठ, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मतगणनामा संलग्न कर्मचारीको निष्पक्षतामाथि प्रश्न उठाएपछि गणना स्थगित भएको छ ।
वैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले अहिले मतगणना स्थगित भएको बताए ।
‘अहिले मतगणना स्थगित भएको छ, म टेन्सनमा छु’, टेलिफोनमा उनले भने । नेपाली कांग्रेस वैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधि देखिएपछि आफूहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4