
१ जेठ, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छिन् ।
अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।
उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रत्यासी नेकपा एसका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरेको पञ्चेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
पञ्चेश्वरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच गठबन्धन भएको थियो । निर्वाचीत चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4