+
+

बैतडीको शिवनाथको अध्यक्षमा कांग्रेसका कर्ण साउद विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २२:५०

१ जेठ, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्ण साउद विजयी भएका छन् । ३१६५ मत लिएर साउद विजयी भएका हुन् ।

उनका प्रतिस्प्रधी एमालेका उम्मेदवार हजारी सिंह साउदले २८४९ मत ल्याए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका नरेन्द्र साउदलाई पराजित गर्दै एमालेकी सकुन्तोला साउदले २८१७ मत ल्याएर विजयी भएकी छिन् ।उपाध्यक्षमा निर्वाचित भएकी सकुन्तोला साउदका प्रतिस्प्रधी नरेन्द्र साउदले २६९९ मत ल्याएको निर्वाचन अधिकृत राम बहादुर हमालले जानकारी दिए ।

शिवनाथमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

शिवनाथ गाउँपालिका वडा नं. १ मा कांग्रेसका बल्देव सिंह, वडा नं. २ मा एमालेका सुरेन्द्र साउद, वडा नं ३ मा कांग्रेसका केशब कलौली, वडा नं. ४मा एमालेका धनबहादुर महता, वडा नं ५ मा कांग्रेसका केशव चन्द र वडा नं ६ मा नेकपा माओवादी केन्द्रका भरतराम पार्कीले २६९ मत ल्याएर विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?