
२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् ।
सोमबार विहान साढे ३ बजेसम्म भरतपुर महानगरको ८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् ।
यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आएका हुन् । भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि १ हजार मत कटाएका छन् । उनले १ हजार ३७ मत ल्याएका छन् ।
यस्तै भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३ हजार ३ सय १ मत सहित अगाडि छन भने एमालेको समर्थनमा उठेकी राप्रपाकी हिमला गुरुङको मत २ हजार ४ सय ५ मात्रै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4