
२ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाएका छन् ।
जारी मत गणनामा आचार्यले ४०४१ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले ३६५७ मत पाएका छन् भने राप्रपाका शंकर खरालले ५०० र खडकराज पौडेल (गनेस)ले २३२ मत पाएका छन् ।
उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ४ हजार १९१ मत पाएकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत पाएकी छन् । राप्रपाकी रञ्जना सेनले ७६६ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4