
२ जेठ, झापा । झापाको कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले अग्रता लिएका छन् ।
यसअघि नगरपालिकामा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका शेरबहादुर थापाले अग्रता लिइरहेका थिए ।
निवर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार पोखरेलले ३९४० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार थापाले ३८६४ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले २४३३ मत प्राप्त गरेका छन् ।
राप्रपाका श्यामसुन्दर ओलीले ७९२ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4