
काठमाडौं । सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो ।
उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।
नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सञ्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेशकुमार श्रेष्ठ र समीर श्रेष्ठले प्रस्तुति दिने भएका हुन् ।
एलओडीमा हुने कन्सर्टको टिकट मूल्य पाँच हजार रुपैयाँ राखिएको छ । सो टिकट खरिद गरेपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा पनि भाग लिन पाइने भएको छ ।
बलिउड स्टार खानको दशरथ रंगशाला कन्सर्टको सुरुआत दिउँसो १२ बजे डिजे प्रस्तुतिसँगै थालनी हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4