
२ जेठ, बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुन आएका मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँगै मायादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका हुन् ।
त्यसपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाउनुका साथै अशोक स्तम्भ परिसरमा उभिएर प्रार्थना गरे । इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध विहार शिलान्यासपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी हुनेछन् ।
मोदी सोमबार बिहान पौने ११ बजे लुम्बिनी आइपुगेका थिए । उनलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । मोदी आजै भारत फर्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4