
१ जेठ, तनहुँ । तनहुँको भानु नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी भएका छन् । पहिले कांग्रेसको वडा समिति सदस्य रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।
उनी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामबहादुर बानियाँले ४६५ मत प्राप्त गरे ।
वडा सदस्यमा नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । खुला सदस्यमा चन्द्रविवश गुरुङ र भीमसेन अधिकारी, महिला सदस्यमा सकिना खातुन र दलित महिला सदस्यमा शान्ता मौराती निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4