+
+

डोल्पाको ठूलो भेरीको मेयरमा कांग्रेसका बुढा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १४:४१

२ जेठ, सुर्खेत । डोल्पाको ठूलो भेरी नगरपालिका डोल्पाको मेयरमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका स्वर्णबहादुर बुढाले प्रमुखमा १ हजार २८६ भोट ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकाया ९४५ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार वीरेन्द्रकुमार डाँगीले ७३३ र एमालेका पूर्णबहादुर डाँगीले ४९२ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ टोल्मा महतले ८४८ मत ल्याएर विजयी भएकी छन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विरमल कुमार भण्डारीले ६८६, स्वतन्त्र उम्मेदवार नरबहादुर बुढाले ६५६, माओवादी केन्द्रकी चन्दा रोकायाले ६३४, एमालेकी रेखा कुमारी रोकायाले ५०३ र एकीकृत समाजवादीकी मेनुका भण्डारीले ४०० मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?