
२ जेठ, जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा रेखाकुमारी यादव निर्वाचित भएका हुन् ।
उग्रनारायण यादवले ४ हजार ३ सय २ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का बेचन यादवले ३ हजार २ सय ३९ मत प्राप्त गरे । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा निर्वाचित रेखाकुमारी यादवले ३ हजार ९ सय ६० मत ल्याएर निर्वाचित हुँदा जसपाकी जिवछीदेवी यादवले ३ हजार २ सय १० मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4