
२ जेठ, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका यमबहादुर चिदी र उपाध्यक्षमा विष्णुमाया लुङचे निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भएका चिदीले ६ हजार १०९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए । यस्तै उपाध्यक्षमा निर्वाचित एमालेकी लुङचे ५ हजार ८८२ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत पाएकी छन् ।
२०७४ सालमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । तर यसपटक दुवै पदमा एमालेले कांग्रेसलाई पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4