
२ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रविन्द्रकुमार खाती निर्वाचित भएका छन् । नेपाली कांग्रेसका डिल्लीप्रसाद भट्टराईलाई १३० मत अन्तरले पछि पार्दै खाती विजयी भएका हुन् ।
खातीले ६७६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी भट्टराईले ५४६ मत ल्याएका छन् । यसैगरी, नेकपा एमालेका मुराहरी सापकोटाले ३१९ मत ल्याएका छन् । उक्त वडामा १ हजार ६५६ मत खसेको थियो ।
वडा सदस्यमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले जितेका छन् । सदस्य पदमा महिला सदस्य अनिता कार्की, दलित महिला सदस्य विष्णुमाया विक, टोमप्रसाद भट्टराई र तीर्थबहादुर तामाङ निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4