
१ जेठ, महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका-८ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरबहादुर साँकी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर साँकीलाई पराजित गर्दै विजयी भएका हुन् ।
नरबहादुरले ३४० मत प्राप्त गरेका छन् भने सुरेन्द्रबहादुरले ३१६ मत प्राप्त गरे ।
यसअघि (कांग्रेस बीपी)ले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मत खसालेको गन्यापधुरा–१ को वडाध्यक्ष जितेको थियो । कांग्रेसबाट विद्रोह गरी पूर्व जिल्ला सभापति कर्ण मल्लको समूहले डडेल्धुरामा एमालेसँगको समीकरणमा उम्मेदवार खडा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4