
१ जेठ, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित भएका छन् । ३ हजार १३४ मत प्राप्त गर्दै उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्साललाई पछि पारेका हुन् । लम्सालले २ हजार ५६० मत पाए ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । एमालेकी चमेली गुरुङ ३ हजार १३४ मत ल्याउँदै विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत ल्याइन् ।
यो गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको थियो । उपाध्यक्षमा भने एमालेकी चमेली गुरुङ नै निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4