
२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका, रामेछापको अध्यक्षमा नेपाली कांग्रेसका काजीबहादुर खड्का निर्वाचित भएका छन् ।
सोमबार सकिएको मत गणनामा खड्काले ६ हजार ९३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत पाएका छन् भने एकीकृत समाजवादीका रुद्रप्रसाद फुँयालले २६३ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसकै उषादेवी कार्की ५ हजार २५३ मतका साथ निर्वाचित भएकी छन् । एमालेकी राधिका श्रेष्ठले ४ हजार ६८६ र माओवादी केन्द्रका विष्णुबहादुर कार्कीले ११६७ मत पाएका छन् ।
एमाले उम्मेदवार सुनुवार निवर्तमान गाउँपालिका अध्यक्ष र राधिका निवर्तमान उपाध्यक्ष हुन् । तर दुबैले यो पटक जित निकाल्न सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4