
२ जेठ, सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको वडामा उनको पार्टीको प्यानल नै विजयी भएको छ ।
सप्तरीको महादेवा गाउँपालिका-२ को अध्यक्षमा जनमतका जागेश्वर इसरसहित प्यानल नै विजयी बनेको छ ।
इसरले ९९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अमरलाल मण्डलले ६ सय ९ मत प्राप्त गरे । यो वडा राउतको पुर्ख्यौली गाउँ हो ।
गाउँपलिका अध्यक्षमा लोसपा अगाडि
सिके राउतको घर भएको यो गाउँपालिकाको अध्यक्ष पदमा भने लोसपाले अग्रता लिएको छ । १९ सय २७ मतसहित लोसपाका सुनिल मण्डल अगाडि छन् । जनमतका जगन्नाथ मण्डलले ८ सय ९४ मतका साथ सुनिल मण्डललाई पच्छ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4