
१ जेठ, काठमाडौं । आज वैशाख शुक्लपूर्णिमा अर्थात् २५६७ औं बुद्धजयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइएको छ ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । बुद्ध जयन्तीको अवसरमा देशभरका बुद्ध विहारहरुमा विशेष कार्यक्रम गरिएको छ ।
काठमाडौंको बौद्धनाथमा पनि सोमबार विशेष कार्यक्रम गरिएको छ । सयौं सर्वसाधारण तथा बौद्ध धर्मावलम्बीहरु भेला भएर दीप प्रज्वलन गरेका थिए । बौद्धनाथमा आयोजित औपचारिक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4