
२ जेठ, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् ।
सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गोपाल बहादुर खत्रीलाई ८२८ मतले हराउँदै निर्वाचित भएका हुन् ।
मगरले ४ हजार ९४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार ११४ मत मात्र प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शोभा कुमारी मगरलाई हराउँदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छिन् ।
खड्काले ४ हजार ६४८ मत ल्याउँदा नेकपा एमालेकी शोभा कुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4