
२ जेठ, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै कांग्रेसले क्लिनस्विप गरेको हो ।
अध्यक्षमा रामपदारथ साह चार हजार ६६८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले तीन हजार २७१ मत पाएका छन् । अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष थिए ।
उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले चार हजार ६१० मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरे ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुमा वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतमकुमार यादव, वडा नं. ४ मा श्यामप्रसाद साह, वडा नं. ५ मा नवीनकुमार यादव, वडा नं. ६ मा हिरेन्द्रकुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी रहेका छन् ।
सबै वडाको वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4