
२ जेठ, संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् ।
पौडेलले ४ हजार २८२ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याए ।
लिङ्खालाई ८९ मत हराउँदै पौडेलले प्रमुख पदमा विजयी भएका हुन् । पौडेल यसअघि वडाध्यक्ष थिए ।
उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार तारा महत विजयी भएकी छन् । नेकपा एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मत अन्तरले पछि पार्दै महत उपमेयर पदमा विजयी भएकी हुन् ।
उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी गिरीले ४ हजार ५ मत ल्याएकी छ्न् । यसअघि धर्मदेवी नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली काँग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4