
३ जेठ, बारा । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी र उपाध्यक्षमा सुगन्धी देवी कानु निर्वाचित भएका हुन् ।
अध्यक्षमा एमाले उम्मेदवार कुर्मीले २ हजार ९१७ मत पाएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार लाल बाबु प्रसाद यादवले २ हजार ४२६ मत पाए । लोसपाका उम्मेदवार जगत नारायण प्रसाद महतोले २ हजार ४४३ मत पाए ।
उपाध्यक्ष तर्फ एमाले उम्मेदवार सुगन्धी देवी कानु ३ हजार २३२ मत पाएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार कुराननेसा खातुनले २ हजार ९१४ मत र लोसपाकी सावित्री देवीले २ हजार ३८७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4