
३ जेठ, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले निर्वाचित भएका छन् ।
उनले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत ल्याइन् । माओवादी केन्द्रका यो सिंगी घिसिङले ३ सय ४६ मत ल्याए ।
नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान निर्वाचित भए । उनले २ हजार ९०४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4