
३ जेठ, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका जनक पुन ४३९१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३७०८ मत प्राप्त गरे ।
उपाध्यक्षमा सोही पार्टीका सरिता केसी निर्वाचित भएकी छिन् । केसीले ४४३७मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका हस्तमाली बाँठामगरले ३७०८ मत प्राप्त गरिन् ।
९ वडा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एमालेले ३÷३ वडा जितेका छन् । नेपाली काग्रेस वडा नंं १, ४ र ९ मा विजयी भएको छ । वडा नं. २, ७ र ८ मा नेकपा माओवादी केन्द्र तथा वडा नं. ३, ५ र ६ मा नेकपा एमाले विजयी भएको छ ।
सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका नेकपा एमालेले जितेको थियो ।
प्रतिक्रिया 4