
कृष्णकुमारी कडरिया
३ जेठ, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका, ताप्लेजुङको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् ।
मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याए ।
उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारी कडरिया निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी कडरिडाले एमाले समर्थित स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई एक मतको अन्तरले हराएकी हुन् ।
कडरियाले २३०६ मत ल्याउँदा ताम्लिङले २३०५ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4