
३ जेठ, दाङ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रतालाई थप फराकिलो बनाउँदै लगेको छ ।
एमालेका मेयर उम्मेदवार नरुलाल चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)भन्दा ३ हजार मतले अघि छन् ।
चौधरीले १८ हजार ५२१ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार शर्माले १५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।
उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी हुमा डिसीले १७ हजार ७१८ मत प्राप्त गरेकी छन् । डिसी २४३ मत अन्तरले अघि छिन् । उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १७ हजार ४७५ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म ४४ हजार ६ सय मत गणना भइसकेको छ ।
हालसम्म वडा नं. १, २, १३, १४, १६, १७, १८ र १९ को मत गणना सम्पन्न भइसकेको छ । वडा नं. ३, ४, ९, १०, ११, १२ र १५ मा मत गणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4