
३ जेठ, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका छन् । नेकपा एमालेका कविता राईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिका खोटेहाङमा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उदिमले ३ हजार ७२८ मतसहित अध्यक्ष जिते । एमालेका कविताले ३ हजार ६९० मत पाइन् । उपाध्यक्षमा नेकपा कांग्रेसका रुपेश राई निर्वाचित भए । रुपेशले ३ हजार ७६३ मत पाउँदा एमालेका राजन बञ्जराले ३ हजार ३१० मत पाएका थिए ।
२०७४ को निर्वाचनमा यो पालिका एमालेले जितेको थियो । त्यसबेला कविता उपाध्यक्ष निर्वाचित हुँदा एमालेका प्रदीप राईले अध्यक्ष जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4