+
+

बेसीशहरको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १२:१६

२ जेठ, लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् ।

अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको  निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?