
अध्यक्षमा निर्वाचित धनबहादुर पुनमगर ।
३ जेठ, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर विजयी भएका हुन् ।
धनबहादुरले ३४३९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १५२३ मत ल्याए । तेस्रो भएको मंगोल अर्गानाइजेसनका भाज घर्तीमगरले १८१ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएकी छिन् । उनले ३४९२ मत ल्याइन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १६११ मत पाए । तेस्रो भएको मंगल अर्गनाइजेसनकी रतीमाला घर्तीले १७३ मत ल्याइन्।
यो पालिकामा कांग्रेस एमालेले स्वतन्त्रलाई समर्थन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4