
३ जेठ, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् ।
मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा फूलकुमारी ३ हजार ६२८ मत ल्याएर निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी जसपाकी विमलाकुमारी यादव ३ हजार ४६० मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4