
३ जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा चार दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मत गणनामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीका उम्मेदवारबीच कडा टक्कर भइरहेको हो ।
मंगलबार दिउँसो १ बजेसम्म ९ हजार १९३ मत गणना हुँदा चारै दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले २ हजार २६१ मत ल्याउँदा जसपाका भोलाकुमार पासवानले २ हजार २०३ मत पाएका छन् ।
यस्तै, जनमत पार्टीका उम्मेदवार इन्द्रदेव कगोडिया यादवले २ हजार १४९ मत पाउँदा एमालेका कलिमले २ हजार १०६ मत पाएका छन् ।
उपमेयरमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । जनमत पार्टीका उम्मेदवालेर २ हजार २१६ मत पाउँदा कांग्रेसका उम्मेदवारले २ हजार १८६ मत पाएकी छन् । एमाले उम्मेदवारले २ हजार ११७ मत पाउँदा जसपाका उम्मेदवारले १ हजार ९९८ मत पाएकी छन् ।
प्रतिक्रिया 4