
३ जेठ, धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मेघनाथ रिजालले २ हजार ५४२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी उर्मिला तामाङ गुरूङले १ हजार ६८३ मत मात्र ल्याइन् । यस्तै नेकपा एमालेका सुवर्ण रिमालले १ हजार ९७ मत ल्याए ।
यस्तै उपाध्यक्षमा एमालेकी बिना कुमारी मम्पा तामाङलाई हराउँदै कांग्रेसकी सीता माया गुरूङ निर्वार्चित भएकी छिन् । गुरूङले २ हजार ७८६ मत ल्याउँदा एमालेकी तामाङले १ हजार ६३३ मत मात्र पाइन् ।
यस्तै नेकपा माओवादी केन्द्रका गणेश कुमार श्रेष्ठले १ हजार ३०८ मत, राप्रपाकी आशा सुनार विकले २८६ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4