
३ जेठ, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका बेदबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भएका हुन् ।
शाहीले ३४४४ मत ल्याए भने उपाध्यक्ष वीरबहादुरले ३३२७ मत पाए । अध्यक्षका प्रतिस्पर्धी माओवादीका शिवा आचार्यले ३०८८ मत पाए । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी अम्बाकुमारी शाहले २७४६ मत पाइन् ।
शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बा कुमारी शाह २०७४ सालको चुनावमा पनि यही पदमा पराजित भएकी थिइन् ।
जुनीचाँदेका ११ वडामध्ये एमालेले ३, कांग्रेस २ र माओवादी केन्द्रले ६ वडा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4